मंगलबार, पुस ८, २०८२

नेपाल-इटाली सम्बन्ध सुदृढीकरणमा जोड

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- नेपालका लागि नवनियुक्त इटालियन राजदूत  एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल भएको छ।

National life

भेटवार्तामा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत प्रतिमा राणा पाँडे र संघका बोर्ड सदस्यहरुको पनि उपस्थिति थियो।

छलफलको मुख्य विषय द्विपक्षीय व्यापार प्रवर्द्धन, व्यवसायिक सञ्जाल विस्तार, र प्रमुख क्षेत्रहरुमा लगानी अभिवृद्धि गर्ने थियो। राजदूत बार्तोलीले पर्यटन, पूर्वाधार र प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता व्यक्त गरे।

संघका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने र पारस्परिक लाभदायक साझेदारीहरु प्रवर्द्धन गर्ने संस्थाको भूमिकालाई पुनः पुष्टि गरे। बैठक नेपाल र इटालीबीचको सम्बन्धलाई आगामी वर्षहरुमा रणनीतिक पहलहरु र सहकार्यपूर्ण कार्यक्रमहरुमार्फत थप सुदृढ गर्ने साझा प्रतिबद्धताका साथ सम्पन्न भयो।

प्रकाशित: Mar 09, 2025| 11:21 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्