मंगलबार, पुस ८, २०८२

टीभीएस अपाचेले एक लाख सेलिब्रेशन डे मनाउँदै

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि ‘१ लाख सेलिब्रेशन डे’का रुपमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ।

National life

काठमाडौंको यूएन पार्कमा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ।

कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन्। जस अन्तर्गत सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्। यो विशेष इभेन्ट मार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू, र अपाचे प्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन्। यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ।

बाइक अपग्रेड गर्ने अवसर
फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे ‘एक्सचेन्ज मेनिया’ बाइक प्रेमीहरूले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो। यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै, ३१ हजारसम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

Laxmi sunrise bank
kumari

साथै, कार्यक्रम मार्फत एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अन्तर्गत ग्राहकले ७.९९% ब्याजदरमा १८ महिने किस्ताबन्दी मा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था पनि रहेको छ।

 

प्रकाशित: Mar 09, 2025| 11:20 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्