आइतबार, साउन २४, २०८३

माओवादीले स्थगित गर्‍यो जागरण अभियान

 |  शनिबार, फागुन २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०८१

काठमाडौं- यही फागुन १२ गतेदेखि पूर्वको झापाबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित भएको छ।

शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरि तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको हो। 

केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको पार्टीले जनाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आइतबार ३ बजे पदाधिकारी बैठक बोलाइएको छ।

प्रकाशित: Mar 08, 2025| 18:12 शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्