मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • क्लासिक टेकले नारी दिवसमा महिला उद्यमीलाई ५० प्रतिशत छुट दिने

क्लासिक टेकले नारी दिवसमा महिला उद्यमीलाई ५० प्रतिशत छुट दिने

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उद्यमी महिलाका लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ।

National life

यस अफर अन्तर्गत उद्यमी (इन्टरप्राइज) प्याकेज ६० एमबीपीएस वार्षिक १७ हजार ९ सय ५० को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट ८ हजार ९ सय ७५ रुपैयाँ, १२० एमबीपीएस वार्षिक ३४ हजार २ सय २२ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १ सय ११ रुपैयाँ र २०० एमबीपीएस वार्षिक ४६ हजार १ सय ९५ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट २३ हजार ९७ रुपैयाँ छ। उद्यमी महिला लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

यस अफर प्राप्त गर्न कम्पनी महिलाको नाममा दर्ता भएको हुनुपर्ने छ। उद्यमी (इन्टरप्राइज) प्याकेजमा पब्लिक आईपी, ५जी एचजेड डुअल ब्याड राउटर र अनलिमिटेड एफयूपी पनि समावेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ। साथै, तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन।

 

प्रकाशित: Mar 07, 2025| 16:28 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्