बुधबार, असोज १, २०८२

गभर्नर नियुक्ति प्रक्रिया सुरू, बन्यो सिफारिस समिति

 |  बिहीबार, फागुन २२, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

vianetvianet

काठमाडौं- राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि प्रक्रिया सुरू भएको छ। सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ। 

Kumaribank

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि समिति गठन गर्ने निर्णय गरेको हो। समिति अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गर्ने निर्णय भए पनि सदस्य को को रहन्छन् भन्ने निर्णय भइसकेको छैन। 

नेपाल राष्ट्र बैंक ऐनले अर्थमन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ। अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नर मध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ वित्तीय तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको एक जना व्यक्ति सदस्य रहने व्यवस्था छ। गभर्नर सिफारिस गर्न सरकारले गठन गरेको सिफारिस समितिले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ। ३ मध्ये एकजना डेपुटी गभर्नर अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था ऐनले गरेको छ। 

राष्ट्र बैंकको सत्रौं गभर्नरका रूपमा २०७६ चैत २४ गते नियुक्त भएका महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ मा सकिँदैछ। उनको कार्यकाल सकिएपछि नयाँ बन्ने गभर्नरका लागि केही महिनायता राजनीतिक वृत्तमा रस्साकस्सी सुरू भइसकेको छ। एक दर्जन बढी आकांक्षीहरू अहिले राजनीतिक भेटघाट र लबिङमा व्यस्त छन्। 

प्रकाशित: Mar 06, 2025| 19:55 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्