शुक्रबार, चैत ६, २०८२

सांसद अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा जुनियरलाई बढुवा गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन्। 

National life

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन्।

उनले भने,'संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन्। संगिता मिश्र मधेशी समूदायको एउटा आस्थाको केन्द्र थियो, महिलाहरुको आस्थाको केन्द्रको प्रतिक थियो। जसरी कुलमानजीलाई बारम्बार जनजाति भनेर होच्याउने काम भैराखेको छ, त्योपनि नागरिक समाजको विश्वासको प्रतिक हो। सरकारप्रति विश्वास कसैको छैन् । सरकार आँफै जनतामा गएर बुझे हुन्छ।'

संगिता मिश्र मधेशी भएकै कारण अन्यायमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल स्वास्थ्यमन्त्री पौडेललाई बर्खास्त गर्न सुझाव दिए।

प्रकाशित: Mar 06, 2025| 16:28 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्