मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई ग्रुपको दुई अर्ब लगानीमा कागज उद्योग खुल्यो, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

आईएमई ग्रुपको दुई अर्ब लगानीमा कागज उद्योग खुल्यो, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपको लगानीमा रहेको नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको उद्योग आज बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा आएको हो।

National life

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे। उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे।

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले कागज कारखाना सञ्चालन गरेको हो। नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ।


२०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकेर २०८१ पुसदेखि परीक्षण उत्पादन गर्दै आइरहेको थियो। आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए।

नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको तथ्यांक छ। नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानीमा स्वदेशमै उत्पादन सुरु गर्न लागिएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नेगरी कानुनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको दाबी गरे। नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने उनको दाबी छ।

प्रकाशित: Mar 06, 2025| 14:17 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्