काठमाडौं- यामाहा नेपालले ‘मेगा सर्भिस क्याम्प’ आयोजना गरिरहेको छ। गत आइतबारदेखि सुरु भएको सर्भिस क्याम्प फागुन २४ सम्म जारी रहने यामाहाले जनाएको छ।
दक्ष विशेषज्ञ सेवा र यामाहाका ग्राहकका लागि आकर्षक अफर सुनिश्चित गर्न सर्भिस क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीले सर्भिसमा छुटसमेत उपलब्ध गराउने बताइएको छ। जसमा ग्राहकले ल्युबमा १५, स्पेयर पार्ट्समा १० र लेबर चार्जमा ५० प्रतिशत छुट पाउनेछन्।
अफरका अवसरमा सर्भिसिङ गराए बाइक तथा स्कुटरको वास नि:शुल्क गरिदिने र सुरक्षा तथा दक्षता बढाउन १५ पोइन्ट चेकअप गरिदिने कम्पनीले जनाएको छ।