मंगलबार, पुस ८, २०८२

बालेनको घरमा माओवादीको सभा, प्रचण्डले के भने ?

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्। 

National life

महोत्तरीको एकडारा गाउँपालिका-२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन्।

जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए। उनले भने, ‘बालेन शाहको पुर्ख्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ। बालेनजीले पनि सुनिरहनु भएको होला। तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनु छ।’

उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई समावेशी र समानुपातिकलाई उट्याउने प्रयास भइरहेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 06, 2025| 12:25 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्