मंगलबार, पुस ८, २०८२

मन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

काठमाडौं- जर्मनीको बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिजम् एन्ड एभिएसिन समिट–२०२५’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।

National life

पर्यटनसँग सम्बद्ध विश्वका करिब पाँच हजारभन्दा बढी स्टलहरू र सयौँको संख्यामा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको ‘वर्ल्ड टुरिजम् एन्ड एभिएसिन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो। यस किसिमको पुरस्कार पाउने उनी नेपालको पहिलो पर्यटनमन्त्री हुन्।

सो कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा)ले आयोजना गरेको थियो। मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको सुधारमा छोटो समयमा गरेको नीतिगत सुधार, सरकारको कार्यसम्पादन उत्कृष्ट अंक हासिल गरेको तथा पर्यटन ऐन तर्जुमा लगायतका नीतिगत सुधारका उल्लेखनीय काम गरेबापत सो पुरस्कार प्रदान गरिएको हो।

सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ। नेपालका लागि ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका छन्। नेपालको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि अन्तर्राष्ट्रियस्तरमा सम्मानित गरिएकाले यो अवार्ड नेपालकै पर्यटन क्षेत्रका लागि गौरवको विषय भएको बताइएको छ।  

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए। उनले भने, ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्नपाउनु खुसीको कुरा हो। यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मिहिनेत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायलाई गरिएको सम्मान हो। नेपालको पर्यटन सधैँ नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ।’

Laxmi sunrise bank
kumari

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताए। ‘प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु हाम्रो मुख्य लक्ष्य हुनेछ,’ मन्त्री पाण्डेको जोड थियो।

प्रकाशित: Mar 05, 2025| 22:07 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्