आइतबार, साउन २४, २०८३

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः झलनाथ खनाल

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्।

जनकपुरधाममा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको बताए।

महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने उनले बताए।

‘तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ। जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ। यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गरे।

‘संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन। यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,’ उनले भने।

खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको बताए।

प्रकाशित: Mar 04, 2025| 16:03 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्