आइतबार, वैशाख ७, २०८२

जापानी भाषा र सीप सिकाउन खुल्यो स्किल ट्रेनिङ सेन्टर

 |  मंगलबार, फागुन २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

vianetvianet

काठमाडौं- जापान जाने कामदारलाई भाषा र सीपमा दक्ष बनाउने उद्देश्यसहित काठमाडौंको गैरीधारामा ‘ग्लोबल स्किल ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ। आइतबार जापानस्थित सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरो, आइएमजी कम्पनी लिमिटेड (सुजुरान अस्पताल ग्रुप)की अध्यक्ष मारिको यासुई र ९२ वर्षीय लक्ष्मण श्रेष्ठले ट्रेनिङ सेन्टरको उद्घाटन गरे।

triton college

ग्लोबल स्किल ट्रेनिङ सेन्टरले जापान जान इच्छुक युवालाई जापानी भाषा, केयर गिभर, रेस्टुरेन्ट सेवा, स्काफ फोल्डिङलगायतका विभिन्न सीप प्रदान गर्ने बताइएको छ। जापानी भाषा मात्र नभई सीप पनि अत्यावश्यक भएकाले ट्रेनिङ सेन्टर स्थापना गरेको हार्भेस्ट मुन ग्रुप अफ कम्पनिजका अध्यक्ष राम श्रेष्ठले बताए। ‘दक्षताविना विदेशमा गएर काम गर्दा धेरैले कठिनाइ भोग्नुपरेको छ, साथै न्यून तलबमा सीमित हुनुपरेको छ,’ उनले भने, ‘जापान पठाउनुअघि नै कामदारलाई आवश्यक सीप सिकाएर दक्ष बनाउने उद्देश्य छ, हामी विद्यार्थी मात्र होइन, दक्ष कामदार पनि जापान पठाउनेछौँ।’

सुनागु होल्डिङका अध्यक्ष ताकेहिरोले आगामी चार वर्षभित्र एक लाख दक्ष जनशक्ति जापान पठाउने लक्ष्य राखेको बताए। जापानमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेको उनको भनाइ छ।

ग्लोबल स्किल ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठनपाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि मेडिकल इक्विप्मेन्टसहितको प्रयोगशाला, बारिस्टा र सेफसहितका रेस्टुरेन्ट कोठा रहेका छन्।

प्रकाशित: Mar 04, 2025| 12:28 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्