बुधबार, असोज १, २०८२

एमडिआरटी लिडरलाई सिटिजन लाइफको सम्मान

 |  मंगलबार, फागुन २०, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

vianetvianet

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुईदिने एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गरी एमडिआरटी–२०२५ बन्न सफल तथा उत्कृष्ट लिडरलाई सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको जनाइएको छ।

Kumaribank

साथै, कार्यक्रममा आगामी दिनका लागि आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान पनि गरिएको थियो। कम्पनीका अनुसार हरेक वर्ष अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेजरलाई सो कार्यक्रममा सहभागी गराउँदै आइएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनीलगायत उत्कृष्ट शाखा प्रमुख तथा विभागीय प्रमुख गरी ७० जनाको सहभागिता रहेको थियो। पुरस्कृत तथा सम्मानित हुनेमा ४२ जना एमडिआरटी क्वालिफायर र तीनजना सिओटी अर्थात् कोर्ट अफ द टेबल रहेका थिए।

यसै अवसरमा उपस्थित सहभागीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बिमा विशेषज्ञ हिमांशु जोशीले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणले सहभागीको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ।

 

Metro Mart

प्रकाशित: Mar 04, 2025| 12:28 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्