सोमबार, असार १, २०८३

कजारिया टायल्सको नयाँ शोरुम सतुंगलमा

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

भारतको अग्रणी टाइल निर्माता कजारियाले सतुंगल, काठमाडौंमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ। श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र सोही नगरपालिका वडा नं ११ का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्।

National life

नयाँ सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने कजारियाले जनाएको छ। समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीण सिंहले नयाँ सोरुम उद्घाटनप्रति उत्साह व्यक्त गर्दै भने, ‘काठमाडौं कजारियाका लागि एक प्रमुख बजार हो। यसले घरधनी, आर्किटेक्ट र निर्माणकर्तालाई उच्च गुणस्तरका टायल प्रदान गर्नेछ। हामी आफ्ना नवीनतम र मजबुत उत्पादनलाई ग्राहकसम्म ल्याउन पाउँदा खुसी छौँ।’

सोरुम विस्तारसँगै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउन लागिपरेको कजारियाले जनाएको छ। कम्पनीका अनुसार प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यको निरन्तरतास्वरूप सतुंगलमा सोरुम सञ्चालनमा आएको हो।

रमेश कर्प र कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा टायल उत्पादन प्लान्ट स्थापना गरेको बताइएको छ। नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य अघि सारेको कम्पनीले चार अर्ब रुपैयाँ लगानी गरेको छ।

 

Shivam cement

प्रकाशित: Mar 04, 2025| 12:27 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्