काठमाडौं- कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबिच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले क्लिनिकका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
क्लिनिकले प्रदान गर्दै आएका सेवामध्ये प्याथोलोजी टेस्टमा १० र फार्मेसीमा ५ देखि १० प्रतिशत छुट दिइने बताइएको छ ।
त्यसैगरी, एमआरआई, एक्सरे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, युएसजी, कलर डोपलर, बिएमडी, डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपिजी), सिबिसिटी, इको कार्डियोग्राफ आदिमा पनि कुमारी बैंकका ग्राहकले ५ प्रतिशत छुट पाउन सक्नेछन् ।
बैंकले देशभरका तीन सय दुई शाखा सञ्जाल, तीन सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।