बुधबार, जेठ १३, २०८३

सुशान्त केसीको कन्सर्टमा जालान् त बालेन ?

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

काठमाडौं- गायक सुशान्त केसीले आगामी शनिबार भक्तपुरको सल्लाघारीमा हुने आफ्नो कन्सर्टमा आउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई निम्तो गरेका छन्। 

National life

केसीले बालेनलाई भेटेरै कन्सर्टको निम्तो दिएका हुन्। बालेन र्‍यापर/गायक पनि हुन्। हालैमात्र उनले फिल्म लाज शरणमका लागि गीत पनि गाएका छन्। 

आफूले बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागी हुने आशा आफूले राखेको सुशान्तले जनाएका छन्। उनले बालेनसँगको भेटबारे सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले भनेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी। र्‍यापदेखि जिम्मेवारीसम्म। वास्तवमै लिजेन्ड। काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो। आशा छ त्यहाँ भेट्नेछु।’

‘सुशान्त केसी लाइभ इन नेपाल’नाम राखिएको यो कन्सर्ट साढे दुई वर्षपछि केसीको पहिलो उपत्यका कार्यक्रम हुनेछ। यो प्रतीक्षित कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन्। १५ हजारभन्दा धेरै दर्शक सहभागि हुने बताइएको यो कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने कसरत केसीले गरिरहेका छन्।

Shivam cement

प्रकाशित: Mar 03, 2025| 19:53 सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्