शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पल्लो किराँतको केन्द्रमा पहिलो पटक नेपथ्य

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं – पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’ हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्वतिरै लाग्ने भएको छ।

माघे संक्रान्तिको भोली पल्ट नेपथ्य फिदिममा प्रस्तुत हुँदैछ। प्राचीन समयमा लिम्बुहरुको केन्द्र विन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम। कुनै समय दस लिम्बु क्षेत्रका राजाहरु फेदेन अर्थात् यसै फिदिममा जम्मा भई आपसी कुराहरुको निर्णय लिने गरेको ऐतिहासीक महत्व यस सहरसँग छ। पूर्वाञ्चलको माथिल्लो यस भेगमा नेपथ्यले पहिलो पटक आफूलाई प्रस्तुत गर्न लागेको हो।

माघ २ गते यहाँस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउनेछ। कन्सर्ट ठीक छ बजे सुरु हुनेछ।

दसैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुक भर चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो। त्यस मध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकता मा राखिएको हो।

स्थानीय आयोजक श्री सुम्हालुङ युथक्लबले फिदिम सहरको प्रवद्र्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ।

‘अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुनेभएको छ।’

पहिलोपटक नेपथ्यलाई आफ्नो भेगमा निम्त्याउन तत्पर स्थानीय आयोजकहरुका गतिविधिकै कारण पनि यतिबेला पाँचथरमा चहलपहल बढेको छ।

‘केहि वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्न सकेको छैन,’ ब्याण्डका मुख्य गायक एवम् अगुवा अमृत गुरुङ भन्छन्, ‘ठूला व्यावसायिक आयोजनाहरुको आफ्नै महत्व छन्। मलाइ भने साना सहरका प्रिय श्रोताहरुको घेरामा पुग्दा अझ आनन्द लाग्छ।’

गुरुङका अनुसार ‘सुन्दर शान्त नेपाल’ कार्यक्रम अन्तर्ग नै नेपथ्यलाई समेत प्रस्तुत गर्न सन् २००५ मा पनि फिदिमको सम्भाव्यता अध्ययन गरिएको थियो। फिदिम पुगेरै निरिक्षण गरेता पनि त्यति बेला व्यवस्थापकिय कारणले त्यो सम्भव हुन सकेको थिएन। ‘आजत्यो पुरानो सपना पुरा भएको छ,’ गुरुङ भन्छन्, ‘फिदिम वासीका अघिल्तिर प्रस्तुत हुन हामी आतुर छौं।’

स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीब्र पारिएको छ। त्यसैगरि यी सबै स्थानमा बेग्ला बेग्लै टिकट काउन्टर समेत राखिएका छन्।

नेपथ्य कन्सर्टका निम्ति ब्याण्ड काठमाडौंबाट प्रस्थानगर्ने अन्तिम तयारीमा छ। सधै जस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्