आइतबार, जेठ ३१, २०८३

नेप्से परिसूचक २८ सय नाघ्यो

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बिहीबार ४९ दशमलव १५ अंकले वृद्धि भई २ हजार ८१५ दशमलव ०४ अंकमा पुगेको छ। आजको वृद्धि १ दशमलव ७७ प्रतिशतको हो।

आजको कारोबार रकम ११ अर्ब ३९ करोड रूपैयाँ नाघेको छ भने २ करोड ६१ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएका छन्। १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो। बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो। यसको सकारात्मक प्रभावले नेप्से परिसूचक र कारोबार रकम दुवैमा परेको हो।

प्रकाशित: Feb 27, 2025| 15:17 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्