आइतबार, जेठ ३१, २०८३

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१
National life
Shivam cement

काठमाडौं- यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता भएको छ। काठमाडौंमा हालै आयोजित एक समारोहबीच हेल्मेट्स र यामाहाबीच उक्त सम्झौता भएको हो।

सम्झौताअनुसार यामाहा मोटरसाइकलको सोरुममा हेल्मेट्स नेपालको पनि आउटलेट रहनेछ, जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिज उपलब्ध हुनेछन्। सम्झौतापछि पहिलो चरणअन्तर्गत काठमाडौं र भक्तपुरमा रहेका यामाहाको सोरुममा हेल्मेट्स नेपालको आउटलेट रहनेछन्।

यसैगरी नक्सालस्थित यामाहाको सोरुममा भने एक्सचेन्जको सुविधा रहने कम्पनीले जनाएको छ। यस सुविधालाई आगामी दिनमा विस्तार गर्दै लाने हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए।

प्रकाशित: Feb 27, 2025| 13:36 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्