बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश पारित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश पारित

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज फागुन १५ गते सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरू भएको थियो।

Kumaribank

सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।

त्यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Feb 27, 2025| 13:35 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्