आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा महा-उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण

इसेवा महा-उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

काठमाडौं- इसेवाले इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ। इसेवाले दसैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यले ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार विजेता रवि बम्जनलाई हस्तान्तरण गरेको हो।

National life

विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको यस अफरमा इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो।

बम्पर उपहार विजेता हुन सफल रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेले कार हस्तान्तरण गरे। इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै १०० रूपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आइफोन जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, लगायतको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो।

दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस इसेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरूका लागि आइफोन १६ प्रो जित्ने मौका समेत समावेश थियो। इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए।

उनले यस अवसरमा ग्राहकहरूको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता रहेको बताए भने इसेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रहि, आवश्यता अनुसार नविनतम सेवाहरू थप गर्दै सबै–सधैं–सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत प्रमुख रणनीतिक अधिकारी शाक्यले जोड दिएका थिए। नेपालको डिजिटल वालेटको रुपमा स्थापना भएको इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ। सहरी क्षेत्रहरूमा मात्र सीमित नभई उपत्यका बाहेकका विभिन्न क्षेत्रहरूमा सेवा प्रदान गर्न हाल देशभर इसेवाका ८ वटा शाखा कार्यालय तथा ३ वटा सम्पर्क कार्यालयहरू छन्।

Shivam cement

 

प्रकाशित: Feb 27, 2025| 13:34 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्