बुधबार, जेठ १३, २०८३

समीर भट्टको दोस्रो फिल्म ‘बलिदान’ फूलपातिमा रिलिज हुने

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

काठमाडौं- समीर भट्ट स्टारर फिल्म ‘बलिदान’ आगामी दशैंको फूलपातिमा रिलिज हुने भएको छ।

National life

निर्माण पक्षले मंगलबार प्रदर्शन मिति टुंगो लगाएको हो।

चार महिना लगाएर फिल्मको छायांकन फागुन पहिलो साता सकिएको थियो। एक्सन र पोलिटिकल ड्रामा जनराको यो फिल्ममा समीरको शीर्ष भूमिका हुनेछ। उनी विराज भट्टका छोरा हुन्।

फिल्ममा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, कामेश्वर चौरसिया लगायतको अभिनय छ। फिल्म निर्देशन भने सन्तोष सेनले गरेका हुन्।

समीरको पहिलो फिल्म १२ गाउँ गत वर्षको फूलपातिमा रिलिज भएको थियो र ब्लकबस्टर भएको थियो।

Shivam cement

प्रकाशित: Feb 25, 2025| 20:07 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्