काठमाडौं- नेपालका लागि टाटा ईभीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरियन्ट सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित ‘टाटा ईभी: चार्जज्ड फर द फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ ईभी सार्वजनिक गरेका हुन्।
कम्पनीले टाटा कर्भ ईभीको टप भेरियन्ट मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कार्यक्रममा कर्भ ईभीका साथै टाटाका नयाँ गाडीहरू नेक्सन केथ्री ईभी र टियागो ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरिएको छ।
कार्यक्रममा टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख खंदेलवालले ‘टाटा ईभी : चार्जज्ड फर द फ्युचरल’ नेपालको समग्र ईभी इकोसिस्टमलाई सबल र सुदृढ गर्ने प्रति टाटाको प्रतिबद्धतालाई पुन: पुष्टि गर्ने बताए।
सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा कर्भ ईभी टप भेरियन्ट भित्र्याउन पाउँदा उत्साहित भएको बताए। कर्भ ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्त्वपूर्ण नेपालको बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकको पहिलो रोजइमा पर्नेमा ढुक्क रहेको उनले बताए।
कम्पनीका अनुसार कर्भ ईभी टप भेरियन्ट टाटा ईभीको उन्नत पियोर ईभी आर्किटेक्चर–एक्टी ईभीमा आधारित छ। यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ।
५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ। नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेन्ज पाउन सकिन्छ। यसमा एडीएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल-व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आई-भीबीएस सहितको ईएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउने कम्पनीले जनाएको छ।
गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरुफ, मल्टि-मुड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू रहेका छन्।
यस एसयूभीमा सरल र सहज चार्जिङका लागि घरको भित्तामा जडान गर्न मिल्ने ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा रहेको छ। जसबाट १०-८० प्रतिशत चार्ज ४० मिनेटमा पूरा हुने कम्पनीको दाबी छ।