आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रहरीद्वारा एकै महिनामा ५२ करोडभन्दा बढी राजस्व संकलन

प्रहरीद्वारा एकै महिनामा ५२ करोडभन्दा बढी राजस्व संकलन

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

काठमाडौं- नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

National life

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख ६ हजार आठसय ७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ। फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रूपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख रूपैयाँ राजस्व संकलन गरिएको छ। त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख रूपैयाँ, अवैध सुन चाँदी बरामदबाट एक करोड रूपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख रूपैयाँ राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए।

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख रूपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रूपैयाँ, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार रूपैयाँ र अवैध पशुपक्षी नियन्त्रणबाट १५ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको छ। रासस

Shivam cement

प्रकाशित: Feb 25, 2025| 18:31 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्