आइतबार, जेठ ३१, २०८३

'पैसाको कारोबार गर्दा मोबाइल डेटा प्रयोग गर्नुस्'

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाइको सट्टा मोबाइल डेटा प्रयोग गर्न अनुरोध गरेको छ। 

सुरक्षा जोखिमलाई औंल्याउँदै टेलिकमले सर्वसाधारणलाई मोबाइल डेटा प्रयोग गर्न भनेको हो। मोबाइल एप वा वालेटमार्फत डिजिटल भुक्तानी गर्दा सार्वजनिक वाइफाइको प्रयोग असुरक्षित हुन सक्ने टेलिकमले सोमबार जारी गरेको सूचनामा उल्लेख छ। यसले साइबर सुरक्षासम्बन्धी विभिन्न जोखिम उत्पन्न गराउन सक्ने भएकाले टेलिकमको मोबाइल डेटा प्रयोग गर्न सुझाव दिएको हो।

टेलिकमले यसबारे सामाजिक सञ्जालमा पोस्ट गरेको छ। पोस्टमा कतिपय प्रयोगकर्ताले डेटा सस्तो बनाउन आग्रह गरेका छन्। 
 

प्रकाशित: Feb 24, 2025| 19:25 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्