आइतबार, जेठ ३१, २०८३

कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जना थपिए

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जनाको नाम मनोनित गरेका छन्। 

National life

सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा १० जनालाई मनोनयन गरेका हुन्। 

मनोनयन हुनेहरुमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) रहेका छन्। 

यस्तै पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरूङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरख बहादुर सुनार (जुम्ला)  र निर्प खड्का (कैलाली)को नाम मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

प्रकाशित: Feb 24, 2025| 18:50 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्