शुक्रबार, साउन २३, २०८२

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  सोमबार, फागुन १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

vianetvianet

काठमाडौं- प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Feb 24, 2025| 07:46 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्