आइतबार, जेठ ३१, २०८३

वाडा अटो शोको स्टल बुकिङ खुला

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

काठमाडौं- वाडा अटो शो, २०१५ का लागि स्टल बुकिङ खुला गरिएको छ ।

National life

आगामी चैत १४ देखि १७ गतेसम्म पर्यटकीय नगरी पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने ‘नाडा प्रिजेन्टस् वाडा अटो शो, २०२५’ को आज बिहीबारदेखि स्टल बुकिङ तथा रजिष्ट्रेशन खुला गरिएको हो ।

प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो शो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नाडा प्रिजेन्टस् वाडा अटो शोमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल तथा मेसिनरी इक्युप्मेन्टस्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरणहरूलाई समूह अनुसार छुट्टयाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न अनुरोध गरिएको छ ।

वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवम् आम उपभोक्ताहरूलाई नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवम् नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने अपेक्षा गरिएको छ । नाडाले सम्भाव्यता अध्ययन गरी आफ्ना प्रदेश एसोसिएसनहरूमार्फत नेपालका अन्य मुख्य–मुख्य सहरहरूमा पनि अटो प्रदर्शनीको आयोजना गर्ने बताएको छ ।

गत पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत ९प्रदेश० सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ९वाडा० का पदाधिकारी तथा सदस्यहरूबीच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा छलफल गरी निर्णय लिएको थियो ।

Shivam cement

 

प्रकाशित: Feb 23, 2025| 11:01 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्