बिहीबार, मंसिर २५, २०८२

गुलाम अली ललितपुरमा गुञ्जिने, दुई लाखसम्मको टिकट

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

काठमाडौं- प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जिने भएका छन्। आगामी चैत २ गते ललितपुरको पुल्चोकमा हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने तय भएको छ।

National life

आयोजक साधना कला केन्द्रले पत्रकार सम्मेलन गर्दै अलीको नेपाल प्रस्तुतिबारे जानकारी दिएको हो। उनले ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीमा दर्शकलाई मन्त्रमुग्ध तुल्याउने आयोजकले जनाएको छ।

साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार अलीको मागअनुसार नै नेपालमा कार्यक्रम गर्न लागिएको बताए। अहिलेलाई शोको लागि सीमित संख्यामा मात्र टिकट उपलब्ध हुने उनले जनाए।

कार्यक्रममा सहभागी हुन अलीसहित ११ सदस्यीय सांगीतिक टोली २९ फागुनमा काठमाडौं आउनेछ। पहिलोपटक अलीले नेपालमा प्रस्तुति दिन लागेका हुन्।

उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ।

Laxmi sunrise bank
kumari

कन्सर्टको टिकट मूल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो। टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई एक वर्षको छात्रवृत्ति दिइने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Feb 23, 2025| 10:33 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्