आइतबार, जेठ ३१, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

काठमाडौं- सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

National life

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७९/८० पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत राख्नेछन्।

यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Shivam cement

प्रकाशित: Feb 23, 2025| 07:53 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्