सोमबार, पुस ७, २०८२

वीरगञ्ज भन्सारबाट साढे ९४ अर्ब राजस्व संकलन

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

National life
Laxmi sunrise bank
kumari

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ। यो गत आवको सोही अवधिमा संकलित रकममा सात अर्ब ९५ करोडले बढी हो। 

उक्त कार्यालयले उक्त अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो। 'दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ', उनले भने। 

गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो। यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ।

प्रकाशित: Feb 21, 2025| 18:00 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्