आइतबार, वैशाख ७, २०८२

कांग्रेसको महाधिवेशन चुनावअघि नै गर्नुपर्छ: कोइराला

 |  बिहीबार, फागुन ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

vianetvianet

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्।

triton college

सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भने, “अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”

नेता डा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने, “सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”   

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए। कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए।

प्रकाशित: Feb 20, 2025| 20:18 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्