आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

National life

युके-नेपाल विजनेश फोरमले मंगलबार काठमाडौंमा आयोजना गरेको 'अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश' शेसनमा विशेष वक्ताको रुपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानुनी सुधार गरेको जानकारी दिए।

यस्तै, द्विपक्षीय लगानी सम्झौता अर्को महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले यस सम्झौताले नेपाल र बेलायतबीच विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्दै र व्यापारको सम्बन्धलाई सहज बनाउने धारणा राखेका थिए।

नेपाल सम्भाव्यताले भरिपूर्ण देश भएको उल्लेख गर्दै उनले नेपालमा उर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार र स्वास्थ्य सेवा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गरे।,

महासंघको पहलमा १० अर्ब रुपैयाँको पुँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्तासँग सहजीकरण गरेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासंघ सधैं तयार रहेको बताए।

Shivam cement

 

प्रकाशित: Feb 20, 2025| 12:12 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्