बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लू अर्थमुभर्सले नेपालमा ल्यायो जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर

एमएडब्लू अर्थमुभर्सले नेपालमा ल्यायो जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर

 |  बिहीबार, फागुन ८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

vianetvianet

काठमाडौं- एमएडब्लू अर्थमुभर्स प्रालिले JCB इन्डियासँगको सहकार्यमा JCB NXT सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू लन्च गरेको छ ।

Kumaribank

ललितपुरको झम्सिखेल स्थित द प्लाजामा सम्पन्न लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विशेष मेसिन प्रस्तुतीकरणको प्रदर्शनी पश्चात् JCB एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा JCB इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहेको थियो।

“लिडर इन एक्साभेटर्स” भन्ने थिममा आधारित शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने JCB को प्रतिबद्धतामा प्रकाश पारेको थियो ।

JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्दछ भने JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्दछ । यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ ।

Metro Mart

कार्यक्रममा एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालले यी नयाँ एक्साभेटरहरूले नेपालको लागि भरपर्दो सेवामुलक नवप्रवर्तनहरू प्रदान गर्दै निर्माण उद्योगको दक्षता बढाउने घोषणा गरे । त्यस्तै, JCB इन्डियाका सिईओ तथा एमडी दीपक शेट्टीले JCB ले सञ्चालन कार्यसम्पादनमा सुधार गर्न उन्नत प्रविधि र दिगो समाधानहरू प्रस्तुत गर्न जारी राख्ने बताए ।

 

प्रकाशित: Feb 20, 2025| 12:10 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्