बुधबार, असोज १, २०८२

जनकपुरमा टीभीएसको नयाँ शोरूम

 |  बिहीबार, फागुन ८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

vianetvianet

काठमाडौं-विश्व बजारमै लोकप्रिय ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ । टीभीएसले विज्ञप्ति जारी गर्दै जनकपुरमा नयाँ शोरुमको उद्घाटन गरिएको र यो आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिएको हो ।

Kumaribank

उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री सतिश कुमार सिंह, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतो लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले यस्तो व्यवसायिक विस्तारले स्थानिय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्वपूर्ण योगदान दिने बताए ।

‘टीभीएस नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो’, उनले भने, ‘सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।’

ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ । यसले ग्राहकहरूलाई आफ्ना आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता ब्यक्त गरेको छ ।

Metro Mart

 

प्रकाशित: Feb 20, 2025| 12:08 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्