बुधबार, असोज १, २०८२

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि

 |  बिहीबार, फागुन ८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

vianetvianet

काठमाडौं- मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १०औँ संस्करण आजदेखि सुरु हुँदै छ। यो प्रदर्शनी ८ देखि ११ फागुनसम्म भृकुटीमण्डप, काठमाडौंमा चल्ने बताइएको छ।

Kumaribank

आयोजकका अनुसार प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी प्रख्यात ब्रान्डका डेढ सयभन्दा बढी स्टल रहनेछन्। निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने प्रदर्शनी र स्टल रहने आयोजकको भनाइ छ।

उक्त प्रदर्शनीमा निर्माण सामग्री तथा उपकरण, केमिकल्स, युपिभिसीका झ्यालढोका, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ पाइप, टायल्स, कंक्रिट ब्लकलगायत उत्पादक कम्पनीले सहभागिता जनाउनेछन्। प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ।

आयोजकका अनुसार निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर, इन्टेरियर डिजाइनरको समेत उल्लेख्य सहभागिता रहनेछ। निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाको पनि उपस्थिति रहनेछ । चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाइबर्ड र सहप्रायोजकमा पर्ल प्रेसिजन रहेका छन्। सहयोगी संस्थामा नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल रहेका छन्।

Metro Mart

 

प्रकाशित: Feb 20, 2025| 12:08 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्