आइतबार, जेठ ३१, २०८३

एमसीसीका परियोजना पनि रोकिए

 |  मंगलबार, फागुन ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युएसएडको परियोजना रोकिएलगत्तै अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि संकटमा परेको छ ।

अमेरिकी सरकारले गत फागुन २ गते पत्र पठाएर एमसीसी परियोजना पनि तत्काललाई कार्यान्वयन अघि नबढाउन भनेको अर्थ मन्त्रालयले मंगलबार जनाएको छ ।

‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ ।
 

प्रकाशित: Feb 18, 2025| 19:47 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्