सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपहिरोबाट क्षतिग्रस्त २६ आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोडको स्रोत सहमति

बाढीपहिरोबाट क्षतिग्रस्त २६ आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोडको स्रोत सहमति

 |  मंगलबार, फागुन ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१

vianetvianet

काठमाडौं- गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेको छ।

triton college

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनःनिर्माणसँग सम्बन्धित आयोजना छन्। सडक पुनःनिर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत छन्।

त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सृजना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।

प्रकाशित: Feb 18, 2025| 16:57 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्