नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ र डिजेलको घटाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ।