आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भद्रपुर मालपोतले ७ महिनामा उठायो साढे ४४ करोड राजस्व

भद्रपुर मालपोतले ७ महिनामा उठायो साढे ४४ करोड राजस्व

 |  शुक्रबार, फागुन २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०८१

झापा- भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ।

National life

प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन्। यसैगरी मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ।

प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताए।

उक्त कार्यालयले आव २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व सङ्कलन गर्दा ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारित भएका थिए।

प्रकाशित: Feb 14, 2025| 07:52 शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्