शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आक्रामक विस्तारमा मेट्रो मार्केट, स्टोर संख्या यही वर्ष २० पुर्‍याउने लक्ष्य

आक्रामक विस्तारमा मेट्रो मार्केट, स्टोर संख्या यही वर्ष २० पुर्‍याउने लक्ष्य

 |  बिहीबार, फागुन १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०८१

काठमाडौं- डीभी ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा सञ्चालित मेट्रो मार्केटले आक्रामक रुपमा शाखा विस्तार गरिरहेको छ। दुई वर्षअघि एउटा स्टोरबाट सुरु भएको मेट्रो मार्केटको संख्या अहिले १२ पुगिसकेको छ।

National life

मेट्रो मार्केटका सीईओ अमरेश कुमार सिंहका अनुसार चालु आर्थिक वर्ष २०८१-८२ भित्र स्टोरको संख्या २० पुर्‍याउने लक्ष्य कम्पनीको छ। मेट्रो मार्केटको पहिलो स्टोर पेप्सीकोलामा खुलेको थियो भने पछिल्लो स्टोर हालैमात्र झम्सीखेलमा सञ्चालनमा आएको छ।

मेट्रो मार्केटका शाखाहरु काठमाडौंको पेप्सीकोला, जोरपाटी, कपन, शान्तिनगर, बालाजुको जरङ्‍खु, वनस्थली, ताहाचाल, भक्तपुरको सूर्यविनायक, ललितपुरको सानेपा, भैंसेपाटी, झम्सीखेल र कुमारीगालमा सञ्चालित छन्। 

निकट भविषयमै भक्तपुरको कमलविनायक र ललितपुरको ठैवमा स्टोर खोल्ने तयारी रहेको सीईओ सिंहले जानकारी दिए। हाललाई उपत्यकामै केन्द्रित भएर सेवा विस्तार भइरहेको र आगामी दिनमा उपत्यकाबाहिर पनि शाखा विस्तार गरिने उनले बताए। हाललाई हामी काठमाडौं उपत्यकामै सेवा विस्तार गर्न केन्द्रित छौं। आवश्यकता अनुसार भविष्यमा बाहिर पनि विस्तार गर्ने योजना छ,' उनले भने।

Laxmi sunrise bank
kumari

मेट्रो मार्केटका सीईओ अमरेश कुमार सिंह
ग्राहकको आवश्यकता र रुचिअनुसार सेवा प्रदान गरिने भएकाले मेट्रो मार्केट धेरैको रोजाइमा पर्ने सीईओ सिंहले बताए। 'हामी सधैं ग्राहकको सेवासुविधामा ध्यान दिन्छौं। अन्य मार्केट ग्रोसरीमा केन्द्रित छन्। तर हाम्रोमा सामानको विविधता छ। ग्रोसरीसँगै इलेक्ट्रोनिक्स, किचेनवेयर, घरायसी सामान, मेकअपका सामान आदि सबै उपलब्ध छन्। एउटै छानामुनि सबैखाले सामान पाइने भएकाले उपभोक्ताको रोजाइमा मेट्रो मार्केट पर्ने गरेको छ,' उनले भने।

मेट्रो मार्केटमा अफर तथा छुट पनि प्राय: चलिरहन्छ। हरेक चाडबाडमा मेट्रो मार्केटले आफ्ना ग्राहकका लागि विशेष अफर ल्याउँछ। अहिले भ्यालेन्टाइन विकको अफर चलिरहेको छ। यसबाहेक हरेक बुधबार मेट्रो महाबचत र शनिबार मेट्रो सस्तो शनिबार अफरमा सस्तो मूल्यमा सामान किन्न पाइन्छ।

मेट्रो मार्केटका सबै स्टोर ग्राहकको सुविधाजनक स्थानमा छन्। यसले गर्दा ग्राहकले आफ्नो टोलछिमेकमै आवश्यक सामग्री खरिद गर्न सक्छन्। साथै सबै स्टोरमा पर्याप्त मात्रामा नि:शुल्क पार्किङ उपलब्ध छन्। ग्राहकको आवश्यकता अनुसार होम डेलिभरीको समेत सुविधा रहेको सीईओ सिंहले जानकारी दिए।

मेट्रो मार्केटका स्टोरहरु हप्ताको सातै दिन बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहन्छन्।

प्रकाशित: Feb 13, 2025| 12:15 बिहीबार, फागुन १, २०८१
प्रतिक्रिया दिनुहोस्