सोमबार, पुस ७, २०८२

एग्रिटेक, फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो हुँदै

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

काठमाडौं- यही शुक्रबारदेखि सातौँ नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो आयोजना हुँदै छ।

National life

२ देखि ४ फागुनसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्सो मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रूपमा गर्न लागेका हुन्।

एक्स्पोमा नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीका प्रदर्शनी स्टल रहनेछन्। प्रदर्शनीमा कृषिकर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना–साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणको प्रदर्शनी गरिनेछ। साथै, नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोसेढुंगा साबित हुने आयोजकको विश्वास छ।

प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने बताइएको छ। एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ।

प्रदर्शनीमा कृषिका विभिन्न विधाजस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई–भैँसीपालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिनेछ। मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहनेछन्। मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना, आवश्यकता र चासोअनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाइएको पनि आयोजकले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 11, 2025| 12:47 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्