सोमबार, वैशाख ८, २०८२

बझाङको साइपालमा एभरेष्ट बैंकको नयाँ शाखा

 |  मंगलबार, माघ २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

vianetvianet

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले बझाङको साइपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

triton college

शाखा विस्तारको क्रममा बैंकले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका वडा नम्बर १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त शाखाको उद्‌घाटन गरेका हुन्।

उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साइपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरू, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल,  नेपाल सरकार तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, बैंकका कर्मचारीलगायत स्थानीयबासीको उपस्थिति थियो।

२०८१ माघ २८ गते सोमबार औपचारिक रूपमा शुभारम्भ गरिएको यो बैंकको १२९औं शाखा कार्यालय हो।

National life insurance

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरि १३१ शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटीएम छन्।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ।

यस बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।महासंघले जानकारी दिएको छ। सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।১

प्रकाशित: Feb 11, 2025| 11:04 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्