सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मलेसियामा सन नेपाल लाइफको वैदेशिक रोजगार बिमा कार्यक्रम

मलेसियामा सन नेपाल लाइफको वैदेशिक रोजगार बिमा कार्यक्रम

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

काठमाडौं- सन नेपाल लाइफद्वारा मलेसियास्थित नेपाली आप्रवासी कामदारलाई वैदेशिक रोजगार बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

National life

मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित ‘नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वालालम्पुरमा सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिना रहेका थिए। साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बिमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए। सन नेपाल लाइफले इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकलाई जीवन बिमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 11, 2025| 11:03 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्