आइतबार, जेठ ३१, २०८३

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा बीरगंजमा सम्पन्न भएको छ। सभाले दश प्रतिशत बोनस शेयर र एघार दशमलब शुन्य पांच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

National life

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले २०८१ असोज मसान्तसम्म रु. २१५ अर्ब लगानी, रु. २०८ अर्ब जीवन बीमाकोष र रु. १२ अर्बभन्दा बढी शेयरधनी कोष कायम गरेको छ। कम्पनीले हालसम्म रु. २८८ अर्ब बीमाशुल्क आर्जन गरिसकेको छ भने रु. ८४ अर्ब दाबी भुक्तानी गरिसकेको छ।

अध्यक्ष संघईले कम्पनीको व्यवसायिक वृद्धि तथा ग्राहक सेवा सुधार गर्न संरचनात्मक सुधार, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, विकेन्द्रिकरण, र डिजिटल रूपान्तरण प्राथमिकतामा राखिएको जानकारी गराए। कम्पनीले लगानी विविधिकरणलाई केन्द्रमा राख्दै विभिन्न शहरहरूमा जग्गा खरिद र भवन निर्माणको प्रक्रिया अघि बढाएको छ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वैशाख २१ गते कम्पनीले २५औं वर्ष प्रवेश गर्ने जानकारी गराउँदै, उक्त अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरिने बताए। कम्पनीले देशभरका १९५ शाखा कार्यालयहरूमार्फत बीमा सेवा विस्तार गर्दै आएको छ।

Shivam cement

नेपाल लाइफले चुनौतीलाई अवसरमा बदल्दै दीर्घकालीन रणनीति निर्माण, डिजिटल प्रविधिको अधिकतम प्रयोग, र ग्राहकलाई स्तरिय सेवा प्रदान गर्दै थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रकाशित: Feb 11, 2025| 11:03 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्