सोमबार, पुस ७, २०८२

‘हाइलाइफसँग रूपान्तरण अभियान’ सुरु

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

काठमाडौं- एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि रोमाञ्चक अभियान ल्याएको छ। कम्पनीले स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै ‘ट्रान्सफर्म विथ हाइलाइफ’ नामक रोमाञ्चक अभियान ल्याएको हो।

National life

उक्त अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ।

स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गरेको छ। जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन्।
पुसअप च्यालेन्ज, हेल्दी ब्रेकफास्ट च्यालेन्ज जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ।

हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र हेल्दी लाइफको सुरुवात पनि गरिसकेका छन्। स्वस्थ जीवनशैलीको महत्त्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको कम्पनीको दावी छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 11, 2025| 11:03 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्