बुधबार, जेठ १३, २०८३

यस्तो छ लाज शरणम् फिल्ममा बालेनको गीत

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको र्‍याप गीत ‘लाज शरणम्’ टीमले सार्वजनिक गरेको छ। ‘नेपाल हाँसेको’बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ।

National life

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुषी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ।

मेयर भएपछि बालेनले गाएको गीत सार्वजनिक भएको यो पहिलो पटक हो। यही फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि ‘हेर्दा हेर्दैमा‘’ बोलको गीत सार्वजनिक गरेको थियो।

यो फिल्म चलचित्र हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टीमले बनाएको हो। ‘लाज शरणम्’मा सीताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। चलचित्रलाई सीतारामका भाइ कुमार कट्टेलले निर्देशन गरेका हुन्।

चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ। उनीहरु सबैजसो सक्किगोनिका कलाकार हुन्।

Shivam cement

प्रकाशित: Feb 10, 2025| 18:49 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्