सोमबार, जेठ १८, २०८३

विमानस्थलको एक्स-रे मेसिन बिग्रिदा सुरक्षा चेकजाँचमा समस्या

विराटनगर विमानस्थलमा रहेको एक्स-रे मेसिन बिग्रिदा सुरक्षा जाँचमा समस्या भएको छ। विमानस्थलको होल्ड ब्यागेज एक्स-रे मेसिन बिग्रिएर थन्किएको डेढ महिना भएको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

विराटनगर- विराटनगर विमानस्थलमा रहेको एक्स-रे मेसिन बिग्रिदा सुरक्षा जाँचमा समस्या भएको छ। विमानस्थलको होल्ड ब्यागेज एक्स-रे मेसिन बिग्रिएर थन्किएको डेढ महिना भएको छ। 

National life

एक्स-रे मेसिन विग्रिएपछि प्रहरीले यात्रुका झोला, लगेज र पोकाभित्र राखिएका सामान हातैले चेकजाँच गर्नु परेको छ। यात्रुले पनि लाइनमा बसेर पालो पर्खिदै सामान चेकजाँच गराउनुपर्ने बाध्यता छ। 

विराटनगर विमानस्थलबाट सौर्य, बुद्ध, यति र श्री एयरलाइन्सका जहाजले एक दिनमा १८ वटासम्म उडान भर्ने गरेका छन्। दैनिक एक हजार जनासम्मले यात्रा गरिरहेका हुन्छन्। 

बिग्रिएको पुरानो मेसिन मर्मतसम्भार गर्नसक्ने अवस्था नभएपछि विमानस्थलले काठमाडौंबाट नयाँ मेसिन ल्याएको छ। विमानस्थल प्रमुख उत्सवराज खरेलले काठमाडौंबाट ल्याइएको मेसिन केही दिनभित्रमै सञ्चालनमा आउने बताए। 

विमानस्थलको आन्तरिक सुरक्षा र चेकजाँचका लागि प्रहरी नायब निरीक्षक (सई) चन्द्रशेखर शिवाकोटीको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालित छ। यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहेर कोरोनाको जोखिमका बेला प्रहरीले सबै सामान हातैले चेकजाँच गर्नुपर्ने अवस्था रहेको शिवाकोटीले बताए। उनले भने, ‘हातले नै सामान चेक गरे पनि सुरक्षा चेकजाँच प्रभावकारी हुन सकिरहेको छैन।’

Shivam cement

प्रकाशित: Aug 16, 2021| 07:13 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।