बुधबार, असार ३, २०८३

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

म्याग्दी- यहाँको मंगला गाउँपालिका-५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गतवर्ष तीन लाख रूपैयाँ आम्दानी गरे। यस वर्ष चार लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए।

National life

त्यसैगरी बेनी नगरपालिका-२ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर दुई लाख रूपैयाँ आम्दानी गरेको बताए। यहाँका किसानले अम्रिसो प्रतिकेजी एकसय २५ रूपैयाँका दरले बिक्री गर्दै आएका छन्। 'गत वर्ष एकसय २५ रूपैयाँमा बिक्री गर्‍यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ', घिमिरेले भने।

उनीहरु जस्तै अन्य किसानले पनि केही वर्ष अघिसम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन्।

विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि एकसय २५ रूपैयाँमा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए।

एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रतिकुचो ७५ रूपैयाँदेखि एकसय रूपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ। म्याग्दीमा प्रतिकिलो एकसय २५ रूपैयाँमा खरिद गरेको अम्रिसो पोखरामा एकसय ६०, चितवनमा एकसय ९० र काठमाडौंमा दुईसय रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। रासस

Shivam cement

प्रकाशित: Feb 09, 2025| 20:31 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्