शुक्रबार, साउन ९, २०८२

डोटीमा आगलागी, दुई लाख ५० हजार रूपैयाँ बराबरको क्षति

 |  आइतबार, माघ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

vianetvianet

डोटी- जिल्लाको केआईसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। केआईसिंह-३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुंगामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी दुई लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिए। आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा ६ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिए। रासस

प्रकाशित: Feb 09, 2025| 18:01 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्